गठबन्धन छिट्टै भत्किन्छ: शेखर कोइराला

काठमाडौं । नेपाली काँगेसका नेता डा. शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा विपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा नेता कोइरालाले केही महिनामै अर्को नयाँ गठबन्धन बन्ने दाबी गरेका छन् ।

उनले गठबन्धनको टुटफुटको शृंखला केन्द्रबाट नभई सातवटा प्रदेशबाट सुरू हुने बताएका हुन् । कोइराला नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल भएका कारण सत्तामा जाने प्रयास गरिराख्ने बताए । ‘हामी विपक्षमा छौं।हामी कोशिस गरिराखेका हुन्छौ, सत्तामा जानका लागि।त्यो स्वभाविक हो,’ उनले भने ।

उनले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी टिआरसी विधेयकमा एमाले सकारात्मक नभएकाले त्यसलाई पारित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेसँग गठबन्धन गरेको बताए ।

‘नेपाली काँग्रेस मानिहाल्छ भन्ने ठान्नुभयो,’ उनले भने, ‘तर, अदालतले दिएको निर्देशनलाई पालना गर्दै नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईट्स लगायका संस्थाहरूले भनेका क्राइटेरियालाघ लिएर मात्रै अगाडि बढ्छौं ।’ कोइरालाले गठबन्धन फुट्दा कांग्रेसको साढे ७ प्रतिशत भोट घटेको बताउँदै उनले आगामी निर्वाचनमा एक्लै लड्ने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×