सकियो 'म'को छायांकन

काठमाडौँ। धेरै चर्चित कलाकारहरुलाई लिएर बनाइएको चलचित्र ‘म’ को छायांकन सम्पन्न भएको छ। चलचित्रको छायांकन २६औँ दिनमा सकिएको हो। निर्देशक सुवर्ण थापाले आइतवार चलचित्रको छायांकन सकिएको बताएका हुन्। चलचित्रको छायांकन काठमाडौँमा गरिएको छ। चलचित्र आगामी जेठ महिनाभित्र प्रदर्शनमा आउने सम्भावना रहेको छ। 
 
चलचित्रको निर्माण कान्तिपुर फिल्म एकेडेमीले फिल्मको निर्माण गरेको हो। करिब तीन वर्षअघि निर्माणको घोषणा गरिएता पनि चलचित्रको छायांकन पुरा भइसकेको थिएन। सोचेअनुसार काम नभएपछि निर्माण पक्षले परिवर्तित टिमका साथ चलचित्रको छायांकन पुन: सुरु गरेको हो। 
 
चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, निराजन प्रधान, पुनम श्रेष्ठ, संजोग रसाईली, नरेन खड्का आदि कलाकारहरुको अभिनय रहेको छ। त्यसैगरि चलचित्रको निर्माता विमला हुमागाई र पदम पुरी रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×