दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत् काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा छिन्। 

आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत् बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा परेकी हुन्। उनी मात्रै होइन आजभोलि दिउँसो र राति लोडसेडिङको झझल्को दिने गरी दैनिक विद्युत् आपूर्ति बन्द हुँदा अनलाइन कक्षामा सहभागी भएको हजारौँ विद्यार्थीदेखि कोरोना सङ्क्रमण भएर होम आइसोलेशनमा बसेका बिरामीसमेत मारमा परेका छन्। सुनिता भन्छिन्, “थाहै नदिइ जतिबेला पनि दैनिक झ्याप्प झ्याप्प बत्ती जान्छ, अनलाइन कक्षा गर्दा धेरै मारमा परियो, सरले पनि गाली गर्नुहुन्छ, मेरो मात्रै हैन, भाइबहिनीदेखि साथीहरुको समस्या पनि उस्तै छ, बत्ती गएर हाम्रो पढाइ बिग्रिँदा यसको जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्दैन?” 

सुनिता त प्रतिनिधि पात्र मात्रै हुन, अचेल मध्यपुरथिमि राधेराधे क्षेत्रमा मात्रै नभइ भक्तपुरका विभिन्न क्षेत्रमा बिना सूचना विद्युत् प्राधिकरणले दिउँसो मर्मतका नाममा दैनिक एक घण्टादेखि चार घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्दा धेरैलाई समस्या परेको गुनासो छ । कोभिड–१९ को सङ्क्रमणमा परेर होम आइसोलेशनमा बस्नु भएका मध्यपुरथिमि नगरपालिका–९ कमेरोटारकी ७४ वर्षीय नरबहादुर थापाको समस्या पनि उस्तै छ।

दैनिक अक्सिजन लिनुपर्ने भएपछि परिवारले अक्सिजन कन्सन्ट्रेटरनै घरमा ल्याएर राखिदिएका छन् । तर दैनिक घण्टौँ बत्ती जाँदा अक्सिजनसमेत लिन नपाएको उनको गुनासो छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×