मतगणना नसकिँदै बूढानीलकण्ठ नगरपालिकामा मेयर र उपमेयरको जीत सुनिश्चित जस्तै

काठमाडौँ - बूढानीलकण्ठ नगरपालिकामा मतगणना नसकिँदै मेयर र उपमेयरकालागि नेकपा एमालेका उमेद्वारको जीत करिब करिब सुनिश्चित जस्तै भएको छ। यस नगरपालिकाको १३ वटा वडा मध्य १२ वटा वडाको मतगणना भइ सकेको छ भने १३ नं वडाको गणना भइरहेको छ।

१२ नं वडासम्मको मत गणना गर्दा मेयरका लागि नेकपा एमालेका तर्फका उमेदवार मिठाराम अधिकारीको १२६३० मत आएको छ भने काँग्रेस तर्फका उमेदवार विनोद चालिसेको १०१४६ मत आएको छ। अधिकारी २४८४ मतले चालेसे भन्दा अगाडी छन्। त्यसै गरी उपमेयरका लागि नेकपा एमालेका तर्फका उमेदवार अनिता लामाले १२६६२ मत प्राप्त गरेकी छिन् भने काँग्रेस तर्फका उमेदवार रमिला वाग्लेको १०५९१ मत आएको छ। लामा २०७१ मतले वाग्ले भन्दा अगाडि छिन्।

बूढानीलकण्ठ वडा नं. १३ मा कुल ३३१६ मत खसेको छ। अहिले बूढानीलकण्ठको वडा नं. १३को गणना सुरु भएको छ।

यसरी हेर्दा काँग्रेस तर्फका मेयरका उमेदवार चालिसे र उपमेयरकी उमेदवार वाग्लेले १३ नं वडामा अस्वभाविक मत प्राप्त गर्नु्पर्ने देखिन्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×