राजस्व बुझाएको तीन दिनपछि मात्रै सेवा दिन सकिन्छ : परीक्षा बोर्ड

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले ५ चैतपछि सेवा प्रवाहमा ढिलाइ हुने बताएको छ । ५ चैतपछि कार्यालयबाट हुने सेवा प्रवाह राजस्व बुझाएको तीन दिनपछि मात्रै दिन सकिने कार्यालयले जनाएको हो ।

विद्यार्थीको नाम, थर र जन्म मितिलगायत संशोधन सम्बन्धी कार्यको निवेदन संकलन हुने, ‘कपी अफ ओरिजिनल’ जारी गर्नेजस्ता कार्य राजस्व बुझाएको तेस्रो दिनपछि वितरण हुने कार्यालयको भनाइ छ ।

त्यस्तै ‘भेरिफिकेसन’ तथा ‘ट्रु कपी एटेस्टेड’ सम्बन्धी कार्य सोही दिन ३ बजेपछि वितरण हुने व्यवस्था मिलाइएको छ ।

१५ चैतबाट सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को व्यवस्थापकीय कार्यको लागि कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा प्रवाहमा ढिलाइ हुने कार्यालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×