डोटी - डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ जोरायल गाउँपालिका–१ मणिपुरका ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु प्रहरीले जनाएको छ।
मणिपुर सडक खण्डमा सुप प्र ०१-०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको मृत्यु भएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए।