नेसन्स लिग: पोल्याण्डमाथि बेल्जियमको जित

काठमाडौँ - बेल्जियमले यूईएफए नेसन्स लिग फुटबलमा पोल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ। मंगलबार राति नेसनल स्टेडियम वार्सामा सम्पन्न  खेलमा बेल्जियमले घरेलु टोली पोल्याण्डलाई १-० गोल अन्तरले हराएको हो।

बेल्जियमलाई जित दिलाउन मिची बात्सुआईले गरेको गोल नै निर्णायक गोल बन्यो। उनले खेलको १६औं मिनेटमा गोल गरेका थिए।

जितसँगै लिग ए समूह ४ को बेल्जियमले ४ खेलमा ७ अंक जोडेको छ। बेल्जियम तालिकाको दोस्रो स्थानमा छ। पोल्याण्ड ४ अंक जोडेर तेस्रो स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×