साेलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सोलुखुम्बुको सातौँ जिल्ला अधिवेशन जारी छ । आज (शुक्रवार) बाट शुरु भएको जिल्ला अधिवेशनको उद्धघाटन सत्र अहिले जारी रहेको एमाले सोलुखुम्बुले जनाएको छ ।
सोलु दूधकुण्ड नगरपालिका ६ दोर्पुस्थित योङ्ग स्टार क्लवको कभर्डहलमा जारी रहेको अभिवेशनलाई विभिन्न राजनीतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षता तथा केन्द्रीय सदस्य मानवीर राईको प्रमुख आतिथ्यतामा अधिवशेन जारी रहेको छ।
अधिवेशनमा जिल्लास्थित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीका जिल्ला प्रमुख तथा प्रतिनिधिसहित अन्य एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।