काठमाडौँ । काठमाडौँमा आज पनि आन्दोलनरत वकिलहरुको विरुद्ध स्वतन्त्र कानुन व्यवसायीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । काठमाडौँको नयाँ बानेश्वरमा उक्त प्रदर्शन भइरहेको छ । न्यायालयको काम कारवाही नै ठप्प हुने गरि अराजक शैलीमा उत्रिएका वकिलहरुको विरुद्ध उनीहरुले आवाज उठाएका हुन् ।

न्यायालयमा निरन्तर न्याय सम्पादनमा गतिरोध आउने गरि वकिलहरुले गरेको आन्दोलनको विरोध गर्दै न्याय सम्पादन निर्वाधरुपमा चल्नु पर्ने र जनताको न्याय पाउने हकलाई खोस्न नहुने भन्दै स्वतन्त्र कानुन व्यवसायीहरुले आवाज उठाइ रहेका छन् ।

'अदालतमा पस्न नदिने वकिल मूर्दावाद', 'दवाबको शासन अन्त्य गर!, विधिको शाशन कायम गर!' 'मुद्दा हेर्न नदिने वकिल मुर्दावाद', जस्ता विभिन्न नारा र ब्यानर सहित सयौँको संख्यामा आम नागरिकको उपस्थिति रहेको थियो ।

उक्त विरोध प्रदर्शनमा स्वतन्त्र कानुन व्यवसायी र अन्य आम नागरिकहरुले पनि आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।


