नेपाली बक्स अफिसमा ‘थोर’ले कमायो ३.५० करोड, चलेन ब्राड पिटको जादू

काठमाडौँ - क्रिस हेम्सवर्थ र नाटाली पोर्टम्यान स्टारर ‘थोर : लभ एण्ड थन्डर’ले नेपाली बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। तर ब्राड पिटको जादू चाहिं नेपालमा चलेन।

मार्भल सिनेम्याटिक युनिभर्सको २९ औं फिल्मको रुपमा रहेको थोरको लभ एण्ड थन्डर श्रृंखलाले अहिलेसम्म नेपालमा ३ करोड ५० लाख ग्रस कमाएको छ। लगानीका हिसाबले यो राम्रै कमाइ हो।

तर ब्राड पिट स्टारर ‘बुलेट ट्रेन’ अपेक्षाअनुसार नेपालमा चलेन। हुन त विश्व बक्स अफिसमै यसको कमाइ निराशजनक छ। ५ दिनमा फिल्मले नेपालमा १० लाख ग्रसको कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ।

‘बुलेट ट्रेन’ले अहिलेसम्म ५७ ओभरसिज बजारबाट ६२.५ मिलियन डलर कमाइ गरेको डेडलाइन हलिउड म्यागजिनले जनाएको छ। जुरासिक वर्ल्ड डोमिनियन पनि नेपाली बक्स अफिसमा चलेन।

‘स्पाइडरम्या : नो वे होम’को नेपाल लाइफटाइम कलेक्सन ७ करोड ३० लाख ग्रस रह्यो। त्यसपछि ‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ले राम्रै कमायो। तर त्यसपछि हलिउड फिल्म खासै चलेनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×