इन्टरनेशनल फिजिकल्ली चेन्ड क्रिकेट सिरिज भोलिदेखि सुरु हुने

काठमाडौँ - ह्वील चेयर क्रिकेट सङ्घ नेपालको आयोजनामा भोलिदेखि टी-२० इन्टरनेशनल फिजिकल्ली चेन्ड क्रिकेट सिरिज-२०२२ शुरू हुने भएको छ। नेपाल र भारतबीचको प्रतियोगिता काठमाडौंको मुलपानी क्रिकेट खेल मैदानमा हुने सङ्घले जनाएको छ।

प्रतियोगिता जेठ २७, २८ र २९ गते हुनेछ। प्रतियोगितामा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले मात्र भाग लिन पाउने नेपालका टीम क्याप्टेन आरपी खरेलले जानकारी दिएका छन्।

खरेलले भने‚ 'यो खेल पाँचौं सिरिज हो। भारतमा तीन पटक आयोजना भइसकेको छ। नेपालमा दोस्रो पटक हुन लागेको हो।'

खेलमा रुचि भएका अपाङ्गता भएका व्यक्तिहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक खेल्न सक्छन् भन्ने सन्देश दिन यो प्रतियोगिता सुरु गरिएको खरेलले बताएका छन्। भारतमा २० वर्ष अघिदेखि शारीरिक अपाङ्गता भएका व्यक्तिहरूले क्रिकेट खेल्दै आए पनि नेपालमा भने २०१७ देखि खेल्न थालेका हुन्। यस सिरिजमा नेपालले हालसम्म जित हासिल गर्न नसके पनि आगामी दिनमा राम्रो प्रयास गर्ने खरेलको भनाई रहेको छ।

भोलिदेखि शुरु हुने प्रतियोगिताका लागि नेपाली टोलीबाट १८ जना खेलाडीले भाग लिएका छन्। नेपालले भारतसँगै श्रीलङ्का र बंगलादेशसँग खेलिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×