११ वर्षपछि एसी मिलानलाई लिग उपाधि


काठमाडौँ - इटालियन सिरी ‘ए’ को उपाधि एसी मिलानले जितेको छ। गएरातिको आफ्नो अन्तिम खेलमा घरेलु टोली सासोउलोलाई ३–० ले हराउँदै मिलान विजेता बनेको हो।

११ वर्षपछि लिग उपाधि जितेको मिलान समग्रमा १९ औंपटक लिग विजेता बनेको हो। मापेइ स्टेडियममा खेलको १७ औं मिनेटमा ओलिभर जिरुडले मिलानलाई अग्रता दिलाएका थिए। 

३२ औं मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाएका थिए। ३६ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३–० को सहज जित दिलाएका हुन्। मिलानले दोस्रो स्थानको साविक विजेता इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×