हलमा आमिरको ‘लालसिंह चड्डा’ र अक्षयको ‘रक्षाबन्धन’ रिलिज

काठमाडौँ - फ्राइडे रिलिजको परम्परा तोड्दै दुई बलिउड फिल्म बिहीबार नै नेपाली हलमा रिलिज भएका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वको छेकोमा आमिर खान स्टारर ‘लालसिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ रिलिज भएका हुन्।

२ घण्टा ३९ मिनेट लामो ‘लाल सिंह चड्ढा’मा आमिर र करिना कपुरको मुख्य भूमिका रहेको छ। टम ह्यांक्स स्टारर सन् ११९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक रहेको फिल्मले शारीरिक अक्षमताको बाबजुद लाल नामक पात्रले सैन्य, व्यावसायिक र पारिवारिक जीवनमा हासिल गर्ने उपलब्धिको कथा भन्छ।

भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हत्यादेखि अन्ना हजारेको भ्रष्टाचार आन्दोलनसम्मको राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा बनेको यो फिल्मले एउटा पात्रको आन्तरिक यात्राको कथा समेत पेश गर्छ।

किरण रावले निर्देशन गरेको फिल्ममा शाहरुख खान र नागा चैतन्यले पनि केमियो भूमिका निर्वाह गरेका छन्। ‘लाल सिंह चड्ढा ‘लाई हलिउड कम्पनी प्यारामाउन्ट पिक्चर्सले विश्वव्यापी  वितरण गरेको छ।

१ घण्टा ४८ मिनेट लामो फिल्म रक्षाबन्धनमा अक्षयकुमार र भूमि पेड्नेकरको मुख्य भूमिका रहेको छ। दाजुबहिनीको सम्बन्धको कथा पेश गर्ने फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका छन्। कमेडी ड्रामा फिल्मले रक्षाबन्धनको महत्वबारे समेत प्रष्ट पारेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×