काठमाडौं । आइसीसी टी–२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) ले युगाण्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ । प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो । ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो ।
पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो । युगाण्डा र पीएनजीको जारी विश्वकपमा दोस्रो खेल हो । दुवै टोली पहिलो खेलमा पराजित भएका छन् ।