टी-ट्वान्टी विश्वकप: भारत र पाकिस्तान भिड्दै

काठमाडौँ - अस्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपमा आइतबार चिरपरिचित प्रतिद्धन्द्धी भारत र पाकिस्तान भिड्दैछन्। मेलबर्न क्रिकेट मैदानमा हुने खेल पाकिस्तान र भारत दुवैको सुपर-१२ मा पहिलो प्रतिस्पर्धा हो।

२ महिना अघि यी २ टोली एसिया कपमा २ पटक आमने सामने भएका थिए। समुहगत चरणमा भारतले पाकिस्तानलाई हराएको थियो भने सुपर-४ मा भारतलाई पराजित गर्दै पाकिस्तान फाइनल पुगेको थियो।

हालसालै भारतले आगामी वर्ष पाकिस्तानमा हुने एसिया कप त्यहाँ गएर नखेल्ने भन्दै आयोजना स्थल सर्ने बताएपछि २ देशका क्रिकेट बोर्डबीच शीतयुद्ध चलिरहेको छ। पाकिस्तानले पनि भारतमा हुने प्रतियोगिताहरु नखेल्ने चेतावनी दिइरहेको छ।

यसअघि गत वर्षमात्र आयोजना भएको टी-२० विश्वकपको समूहगत चरणमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो। भारतले सन् २००७ पछि र पाकिस्तानले सन् २००८ पछि टी-२० विश्वकपको उपाधि जित्न सकेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×