ओजिल इस्तानबुलमा अनुबन्ध

काठमाडौँ - जर्मनीका पूर्व मिडफिल्डर मेस्टु ओजिल टर्किस क्लब इस्तानबुल बासाकसेहिरमा अनुबन्धित भएका छन्। बुधबार टर्किस क्लब फेनरबाचे छोडेका ओजिललाई अनुबन्ध गरेको इस्तानबुलले सामाजिक संजाल जनाएको छ।
फेनरबाचेसँगको सम्झौता दुई वर्षको सम्झौता बाँकी रहदै इस्तानबुलमा अनुबन्ध भएका हुन्।

ओजिलले फेनरबाचेका लागि कुल ३६ खेल खेलेका छन् । ३३ वर्षीय ओजिलले गत सिजन फेनरबाचेका लागि २२ लिग खेल खेलेका थिए। ओजिलले सन् २०१८ को रसिया विश्वकप पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषण गरेका थिए। रसिया विश्वकपमा जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×