ज्ञानवापी मस्जिदभित्र भेटिएको ‘शिवलिंग’को कार्बन–डेटिङ गर्न गरिएको माग अदालतद्वारा खारेज

भारत - भारतको वाराणसीस्थित अदालतले ज्ञानवापी मस्जिदभित्र भेटिएको भनिएको शिवलिंगजस्तो आकृतिको कार्बन डेटिङ गराउन गरिएको मागलाई खारेज गरेको छ। चार महिला याचिकाकर्ताले बनारस जिल्ला अदालतमा मस्जिदभित्र सिल गरेर राखिएको आकृतिमा कार्बन डेटिङ गर्न माग गरेका थिए।

मुद्दा दायर गर्नेहरुले शिवलिंगजस्तो देखिने आकृतिको चौडाइ, मोटाई र गहिराइ पत्ता लगाउन वैज्ञानिक अनुसन्धानको माग गरेका थिए। त्यसपछि मात्र यो शिवलिङ्ग हो या मस्जिद पक्षले भने जस्तै पानीको फोहोरा हो खुल्ने बताएको छ। 

अर्कोतर्फ, मुस्लिम पक्षले यस मागको पहिलेदेखि विरोध गरेका थिए। अन्जुमन इन्तेजामिया मस्जिद कमिटीका वकिल अखलाक अहमदले भने पत्थरले भनेको आकृतिको कार्बन डेटिङ हुन नसक्ने तर्क समेत राखे।  

मानिस मर्यो भने उसको हड्डीको कार्बन डेटिङ गर्न सकिन्छ, जनावरहरूमा पनि त्यस्तै गर्न सकिन्छ। रूख विरुवा अनि बोटबिरुवामा यस्तो परीक्षण हुन्छ। तर कार्बन नसोस्ने ढुंगाहरुको कार्बन डेटिङ गर्न सकिँदैन,’ अहमदले भने। 

अदालतले दुवै पक्षको बहस सुनेर गतसाता नै यसबारे निर्णय सुरक्षित राखेको थियो। आज सोही निर्णय सार्वजनिक गरिएको हो। 

यही वर्ष मे महिनामा ज्ञानवापी मस्जिदको सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका क्रममा हिन्दू पक्षले मस्जिदको एक भागमा ‘शिवलिङ्ग’ भेटिएको दाबी गरेको थियो। त्यसपछि नै तल्लो अदालतले त्यस भागलाई सील गर्न आदेश दिएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×