संगीतकार बान्तवालाई ‘बेस्ट अमेरिकन म्युजिसियन अफ दि इयर’ को अवार्ड

काठमाडौँ - संगीतकार रोशन बान्तवा राईले वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयरको अवार्ड प्राप्त गरेका छन्। काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बान्तवालाई उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो।

समारोहमा संगीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सकेँ भन्ने बारेमा जानकारी दिएका थिए। उनले अनलाइनमार्फत आफू उक्त अवार्डको प्रकृयामा सहभागि भएको र अवार्ड प्राप्त गर्न सफल भएको बताएका छन्। उनले यो अवार्डले आफूमात्र नभएर देशलाई चिनाउने काम गरेको दावी समेत गरेका छन्।

अवार्ड प्राप्त गरेर नेपालकै गौरव बढाएको भन्दै कलाकार उत्तम केसी, संगीतकार सन्तोष श्रेष्ठ, प्रमुख अतिथि गायिका ज्ञानु राणा लगायतले संगीतकार राईलाई वधाइ तथा शुभकामना अर्पण गरेका थिए।

पाँचथरको मिक्लाजुङ ५ मा स्थायी घर भई राजधानी काठमाडौँलाई कर्मथलो बनाएर आफ्ना सिर्जनामार्फत धेरैको मन जित्न सफल संगीतकार राईका ६ सयभन्दा बढी सिर्जना सार्वजनिक भएका छन्। २ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय संगीतकार राईका गिटार, पियानो तथा कर्डहरू गरी ६ वटा किताबहरू पाठकमाझ आएका छन्।

उनले ढाका टोपी मैलो, शुभकामना तिमीलाई यो मनको, पुरानो भो भन्छन्, हरियाली वसन्तले, धरानै बजार, माइबेनीमा आँखा जुध्यो, डुबें डुबें, याद, गौतम बुद्ध, मलाई नै हो कि कल्लाई पो हो लगायत गीत लोकप्रिय छन्।

सङ्गीत विद्यालय स्थापना गरेर गीत संगीतको श्रीवृद्धिमा निरन्तर लागिरहेका राईले आस्था बी, रूप विष्ट, नलिना चित्रकार, धीरज राईलगायत चर्चित कलाकारलाई संगीत प्रशिक्षण दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×