काठमाडौँ - टी-२० विश्व कप अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ। बिहान पौने १० बजे हुने भनिएको खेल वर्षाका कारण रद्द भएको हो।
यी २ बीचको खेल टस नभइ रद्द भएको क्रिक इन्फोले जनाएको छ। मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह 'ए' मा रहेका यी २ टिमबीचको खेलको टससमेत हुन सकेन।
खेल रद्द भएपछि दुवैले १-१ अंक पाएका छन्। ३ खेलमा ३ अंक जोडेको आयरल्यान्ड समूह 'ए' को दोस्रो स्थानमा रहेको छ। समान अंक रहेको न्युजिल्यान्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्थानमा रहेको छ। अफगानिस्तान २ अंकका साथ पुछारमा रहेको छ।
यस्तै, आज सूमह 'ए' कै अस्ट्रेलिया र इङ्ल्यान्ड दिउँसो पौने २ बजे खेल्दैछन्। खेल मेलवर्नमा हुनेछ।