काठमाडौँ। नेपाली चलचित्र 'मंगलम' युट्युबबाट सार्वजनिक गरिएको छ। हाल चलचित्र युट्युबको ट्रेण्डिंग ३ मा पुगिसकेको छ। शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी शाह, मिथिला शर्मा, पृथ्वीराज प्रसाइँ र नीर शाह मुख्य भूमिकामा रहेको चलचित्र हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
छविराज ओझा प्रोडक्सन र गुण सिनेमाले संयुक्त रूपमा बनाएको चलचित्रमा गोविन्द फुयाँलको कथा, नवल नेपाल र गोविन्द फुयाँलको संवाद रहेको छ। नवल नेपालले निर्देशन गरेको चलचित्र हालसम्म ९ लाख भन्दा बढी पटक हेरिसकिएको छ।
भिडियो: