नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले वर्षा र हिमपात हुने सम्भावना

काठमाडौँ- नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले वर्षा र हिमपात हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको बुलेटिनमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहेको छ। 

बिहीबार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बांकी भु-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना बुलेटिनमा उल्लेख छ। शुक्रबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×