काठमाडौं - श्रीलंकामा सोमबार सुरु भएको साफ यू १७ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ। नेपाल सम्मलित समूह ‘बी’ मा भारतले भुटानलाई ३-० ले हराएको हो। भारतको जितमा थाङलासन गांग्लेले २ तथा भालापेका गुटीले १ गोल गरेका थिए।
गांग्लेले १० औं र १६ औं मिनेटमा गोल गरेका थिए। अर्को गोल गुटीले ४८ औं मिनेटमा गरेका थिए। समूहको अर्को खेल बुधबार नेपाल र भुटानबीच हुनेछ। नेपाल र भारतबीचको खेल भने शुक्रबार हुनेछ। अर्को समूहमा बंगलादेश, श्रीलंका र माल्दिभ्स रहेका छन्।