काठमाडौँ - आयोजक युरो स्कुलले युरो कप अन्तरस्कुल बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। घरेलु कोर्टमा सोमबार गल्र्सतर्फ युरोले सेन्ट जोसेफलाई १८-५ ले पराजित गरेको हो।
मोडर्न इन्डियन स्कुल (एमआईएस) ले अक्षरालाई ९-६ र काष्ठमण्डपले विल्सन एकेडेमीलाई २०-१६ स्कोरले हराएको थियो।
ब्वाइजतर्फ संस्कृतिले डाफोडिललाई १२-११, एमआईएसले काष्ठमण्डपलाई २७-२४, अक्षराले डाफोडिललाई ३०-१६, काठमाडौं वल्र्ड स्कुलले त्रिज्योतिलाई ४०-२९ र विल्सनले बाबालाई २५-१३ स्कोरले पराजित गरेको थियो।
प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, युरोकी प्रिन्सिपल शैलाजा अधिकारी र राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले उद्घाटन गरेका थिए।