काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि होम आइसोलेसनमा बसेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण भने आइतबार हुनेछ।
दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष दाहालसँगै सहभागी थिए।
अध्यक्ष दाहालमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।
माओवादीमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ।