राससको वार्षिकोत्सवमा उत्कृष्ट पत्रकारलाई सम्मान

काठमाडौँ - राष्ट्रिय समाचार समिति (रासस) को ६१औँ वार्षिकोत्सवका अवसरमा नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले उत्कृष्ट चार जना पत्रकारलाई सम्मान गर्ने भएको छ।

महासङ्घ प्रतिष्ठान शाखाको बिहीबारको बैठकले राससका समाचार संयोजक शरच्चन्द्र भण्डारी र बागमती प्रदेशका प्रमुख वरिष्ठ समाचारदाता सुरेशकुमार झालाई रासस पत्रकारिता पुरस्कार दिने निर्णय गरेको छ। पुरस्कारको राशि रु १० हजार नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ।
 
महासङ्घले यसवर्षको ‘उमाकान्त गीतादेवी चन्दमणि स्मृति’ पुरस्कार राससका बैतडी समाचारदाता विनोदसिंह विष्टलाई प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशि रु पाँच हजार नगद र प्रमाणपत्र रहेको महासङ्घका सचिव छविलाल कुमालले बताए। यसैगरी यस वर्षको राससका पूर्वकर्मचारी/पत्रकार सम्मान महासङ्घ प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष तथा पूर्ववरिष्ठ सम्पादक कृष्णकुमार बुढाथोकीलाई प्रदान गरिने भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×