प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडकाे अर्को जित

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले अर्को जित हात पारेको छ। शनिबार भएको खेलमा युनाइटेडले साउथ ह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो।

सुरुवाती २ खेलमा लगातार हार व्यहोरेको म्यानचेस्टर युनाइटेडले शनिबार भएको प्रतियोगिताको चौथो खेलमा अंक तालिका सुधार गरेको हो।

साउथहेम्टनको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलमा दोस्रो हाफमा युनाइटेडले अग्रता बनाएको थियो। डियोगो डलोटको सानदार पासलाई ब्रुनो फर्नान्डेसले ५५ औँ मिनेटमा गोलमा परिणत गर्दा युनाइटेडले अग्रता बनाएको थियो।

त्यसपछि पनि खेलमा म्यानचेस्टर युनाइटेडले दबाब बनाएको थियो। साउथहेम्टनले भने घरेलु मैदानमा पाएको सीमित अवसरलाई सदुपयोग गर्न असफल भयो।

जितसँगै युनाइटेड ४ खेलबाट ६ अंक बनाएर छैटौं स्थानमा उक्लिएको छ। अघिल्लो खेलमा युनाइटेडले लिभरपुललाई पराजित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×