काठमाडौँ - बूढानीलकण्ठ नगरपालिकामा वडा नं ०२ मा वडा अध्यक्ष पदमा नेकपा (एमाले) को तर्फबाट राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षको उम्मेदवार र नेपाली कांग्रेसबिच ७७ मतको अन्तरले विजय भएका हुन्। राजेन्द्र श्रेष्ठको कूल मत परिणाम संख्या ११६० रहेको थियो भने उनका प्रत्यासी नेपाली कांग्रेशका उमेद्वार जनक थापाले १०८३ मत प्राप्त गरेका थिए।
वडा अध्यक्षमा नेकपा एमालेले जिते पनि वडा नं ०२ मा महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य (१) र खुल्ला सदस्य (२) मा भने नेपाली कांग्रेसले उछिनेको छ।
त्यसैगरी सोही वडाबाट खुल्ला सदस्यमा (२) नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारले सबैभन्दा बढी मत ११८३ मत प्राप्त गरेका थिए।
हेर्नुहोस् बूनपा ०२ को मत परिणाम
