काठमाडौँ - समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ। सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो।
नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठनले राष्ट्र हितको पक्षमा आवश्यक संशोधन गरी संसद्बाट अनुमोदनका लागि उचित वातावरण सिर्जना गर्ने उद्देश्यले आगामी फागुन १ गते सबै जिल्ला सदरमुकाममा गर्न लागेको दबाब तथा चेतनामूलक प्रदर्शनमा सो प्रेस सङ्गठनले संस्थापक सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीलाई सहयोग गर्न परिपत्र गरेको महासचिव भूपराज खड्काले जानकारी दिए।