फिल्म ‘दुई नम्बरी’को पहिलो गीत सार्वजनिक

काठमाडौँ - फिल्म ‘दुई नम्बरी’को पहिलो गीत बुधबार सार्वजनिक भएको छ। असोज २१ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्म को ‘झलल आयो तिम्रो याद’ बोलको रोमान्टिक गीतमा सौगात र अभिनेत्री उपासनासिंह ठकुरी फिचर्ड रहेका छन्। मेलिना राई र जयन जे. वाइवाको स्वर रहेको यस गीतमा गायक वाइवाकै शब्द तथा संगीत रहेको छ।

निर्देशक दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। फिल्ममा दुई साथीको मित्रताको कथालाई प्रस्तुत गरिएको छ।

भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो। फिल्ममा दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको छ। दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ फिल्मका निर्माता रहेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×