काठमाडौँ - छवि न्यौपाने र मिलन नेवारको स्वरमा रहेको नयाँ गीत ‘टन्नै माया तिमीलाई’ रिलिज भएको छ।
‘टन्नै माया तिमीलाई’ बोलको गीतमा छविलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छिन्। गोपी दाहालको शब्द रहेको गीतलाई अम्बर तुम्बापो सुब्बाले संगीत रहेको छ भने गोपाल रसाइलीले एरेन्ज गरेका छन्।
गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नवीन निरौलाको सम्पादन र सुबोल थापाको कोरियोग्राफी रहेको छ।
गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ।