काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ८०० ले घटेर रु. ९३ हजार तोकिएको छ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९३ हजार ८०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु. ९३ हजार ३०० तोकिएको थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. १ हजार २ सय ३५ तोकिएको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७ सय ९२ डलर आसपास कारोबार भइरहेको छ।