उपन्यास ‘बौलाको डायरी’माथि परिचर्चा

काठमाडौँ - साहित्यकार महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’माथि परिचर्चा सम्पन्न भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्जक खेमराज पोखरेलले उपन्यासमाथि लामो टिप्पणी गरेका थिए। 

प्रारम्भमा उनले उपन्यासका केही स्वरूपको चर्चा गर्दै पन्तको यस उपन्यासले त्रिपक्षीय द्वन्द्वलाई प्रस्तुत गरेको उल्लेख गरेका थिए। एउटा सत्ता पक्ष, अर्को विद्रोही पक्ष रहेको उल्लेख गर्दै तेस्रो पक्षमा द्वन्द्व पीडित सिमान्तकृत वर्गका कथाव्यथा उपन्यासले समेटेको उनले बताएका छन्।

फ्ल्यासब्याक शैलीमा लेखिएको यस उपन्यासलाई कतिपयले आञ्चलिकताको सुभाष समेटिएको भनिए पनि समीक्षक पोखरेलले उपन्यासलाई आञ्चलिक भन्न नसकिने जिकिर गरेका छन्। उनले माओवादी द्वन्द्वकालीन कथावस्तु भएका कारण यो कृतिले राष्ट्रिय विषय प्रस्तुत गरेको बताएका हुन्। 

आफ्नो धारणा राख्दै अधिकारीले साहित्यिक कृतिको बिक्री कसरी बढाउने र पाठकलाई नेपाली साहित्यप्रति कसरी आकर्षित गर्ने विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×