पोखरा - नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सूर्य बहादुर खत्रीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा आज भएको खेलमा सूर्यले १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन्।
बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक जितेका छन्। नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारेका छन्।
महिलातर्फ आर्मीकी खगिता सिंजाली मगरले स्वर्ण पदक जितेकी छिन्। यस्तै आर्मीकी विन्दू थनेतले १.५० मिटरका साथ रजत पदक जित्दा गण्डकी प्रदेशकी सिमा श्रेष्ठले १.४१ मिटरका साथ कास्य पदक हात पारेकी छिन्।
आज भएका ४ वटै फाइनलमा विभागीय क्लब त्रिभुवन आर्मीले स्वर्ण पदक जितेको छ। आर्मीले १० हजार मिटर, हाइजम्प पुरुष र महिला तथा ४०० मिटर हडल्स महिलामा पनि स्वर्ण पदक जितेको हो।