काठमाडौँ - टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई 'यस त्रासदीको अन्त्य गर्न' आग्रह गरेका छन्।
इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने वार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ। जारी द्वन्द्वमा २०,००० मानिसहरूलाई मारिएका छन् भने १० लाख भन्दा बढी विस्थापित भएका छन्। सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो।
‘दुई पक्षको चासो छ, अन्तरराष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव छ’, एर्डोगानले भने, ‘यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ’, उनले जोड दिदै भने,‘द्वन्द्वको निरन्तरता कसैको हितमा छैन।’
टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो।