काठमाडौँ - सलोन बस्नेतको प्रमुख भूमिका रहने फिल्म ‘जय हो’ को निर्माण घोषणा गरिएको छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहनेछन्।
फिल्मको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक नायक र नायिका भने तय भइसकेका छैनन्। सुरेश न्यौपानेले कथा लेखिरहेकको फिल्ममा पछिल्लो समयका चर्चित निर्देशक नै लिने सोच निर्माण टिमको छ।
फिल्मलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गर्न लागेका हुन्। उनीहरु अष्ट्रेलियाको जय हो बिजनेस ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन्।
एक्सन लभस्टोरी कथामा निर्माण हुने फिल्म काठमाडौं, पोखरा र मुस्ताङमा खिचिने जनाइएको छ। नेपालको छायांकन सकिएपछि फिल्मको केही प्रतिशत छायांकन अष्ट्रेलियामा पनि गरिने जनाइएको छ।