काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले क्लब छाड्ने भएका छन्। बोर्डसँगको छलफलपछि पोचेटिनोले सम्झौता नसकिदै क्लब छाड्न सहमत जनाएका हुन्।
पिएसजी र पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्म रहेको छ तर,पछिल्लो समय उनीसँग क्लब सन्तुष्ट नभएको बताइएको छ। पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा गरेको छैन। उनी २०२१ को जनवरीमा (पिएसजी) क्लबको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।
मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि पीएसजीले पोचेटिनोलाई टिम हेर्ने जिम्मेवारी दिएको थियो। पोचेटिनोले क्लबलाई फ्रेन्च लिग वान जिताएका छन्। उनको नेतृत्वमा पिएसजीले ९५ खेल खेलेको छ।