काठमाडौँ। केही समयअघि छायांकन सुरु गरिएको चलचित्र ‘ह्यारीकी प्यारी’को सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि उपस्थित भएकी छिन्। चलचित्रको शुभसाइत गर्दा भने साम्राज्ञी त्यहाँ पुगेकी थिइनन्। तर, चलचित्रका अर्का मुख्य कलाकार जितु नेपालका केही दृश्यको भने छायांकन गरिएको छ।
हालै जितुले सार्वजनिक गरेको तस्वीरमा उनीसँग साम्राज्ञी देखिएकी छिन्। हाल चलचित्रको छायांकन पर्वतमा चलिरहेको छ। कपिल रिजालको निर्देशन रहेको चलचित्रमा विजय बराल पनि मुख्य भूमिकामा रहेका छन्।