फ्रान्क केस्सी बार्सिलोनामा अनुबन्धित

काठमाडौँ - क्याटलान क्लब बार्सिलोनाले आइभोरी कोस्टका मिडफिल्डर फ्रान्क केस्सीलाई अनुबन्ध गरेको छ। बार्सिलोनाले मिडफिल्डर केस्सीलाई फ्रि ट्रान्सफरमा इटालियन च्याम्पियन एसी मिलानबाट अनुबन्धित गर्न सफल भएको हो।

क्लबले २५ वर्षीय मिडफिल्डरलाई सोमबार ४ वर्षको लागि अनुबन्ध गरेको पुष्टि गर्दै बुधबार आधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ। उनी सन् २०२६ सम्म नोउ क्याम्पमा रहनेछन्। उनको रिलिज क्लज ५ सय मिलियन युरो राखिएको छ।

केस्सी सन् २०१७ देखि एसी मिलानमा रहेका थिए। गत सिजन मिलानले १० वर्षपछि सिरी ‘ए’ को उपाधि जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका थिए। 

सिरी ‘बी’ क्लब सिसेनाबाट व्यवसायिक खेल करिअर सुरु गरेका केस्सी २०१६-१७ को सिजनमा एटलान्टामा अनुबन्धित भएका थिए। त्यसपछि उनले २ सिजन लोनमा मिलानमा बिताएपछि उनी मिलानकै स्थायी खेलाडी बनेका थिए। केस्सीले मिलानका लागि पाँच सिजनमा २२४ खेलमा ३९ गोल गरेका छन्।

२०१४ देखि आइभोरी कोस्टको सिनियर टोलीमा रहेका केस्सीले ५८ क्याप जित्दै ६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×