काठमाडौँ - युरोपा लिगअन्तर्गत गएरातिको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ। ऊ समूह ‘इ’ अन्तर्गतको खेलमा साइप्रसको ओमनिया निकोसियाविरुद्ध ३-२ ले विजयी भएको हो।
खेलको सुरुवाती अग्रता भने ओमोनियाले लिएको थियो। घरेलु मैदान जिएसपी स्टेडियममा ३४ औं मिनेटमा करिम अन्सारिफरदले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
५३ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेललाई १-१ को बराबरीमा ल्याए। एन्योनी मार्टियलले गोल गरेपछि पाहुना टोली २-१ ले अघि बढ्यो। ८४ औं मिनेटमा रासफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता ३-१ बनाएका थिए।
७५ औं मिनेटमा ओमोनियाका निकोलस पानायोटोउले गोल गरेपछि युनाइटेडले ३-२ को रोमाञ्चक जित निकाल्यो। यो जितसँगै ३ खेलमा ६ जोडेको युनाइटेड दोस्रो स्थानमा रहँदा पराजित ओमोनिया समान खेलबाट विना अंक पुछारमा रहेको छ।