नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा आजबाट ‘प्यानल डिस्कसन’, दुई नाटक मञ्चन हुँदै

काठमाडौँ - नेपाल अन्तर्राट्रिय नाटक महोत्सव-२०२२ को चौथो दिन सोमबारबाट ‘प्यानल डिस्कसन’ कार्यक्रम सुरु भएको छ। आजै २ नेपाली नाटक पनि मञ्चन हुँदैछन्।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च: विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा सोमबार ‘काठमाडौँले छेकेको नेपाली रंगमञ्चको दुःख: मञ्च, दर्शक कि नाटक’ शीर्षकमा संवाद भएको छ।

जसमा पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हीरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गरेका छन्।

दुई नेपाली नाटक मञ्चन हुँदै

महोत्सवमा सोमबार नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ र ‘इम्ब्रिओनिक’ मञ्चन हुँदैछन्। साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित ‘खुवालुङ ढुंगाको बाटो’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ।

‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोशीको बीचमा उभिएको ढुंगाको कथाबारे बताउँछ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन्। रंगमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्वसम्बन्धी प्रश्न नाटकले उठाउँछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×