भाउजुलाई पेट्रोल छर्केर आगो लगाउने देवरलाई कानुनबमोजिम कारबाहीका लागि महिला आयोगले पहल गर्ने

सप्तरी- मृतक राजकुमारी साहको परिवारलाई राष्ट्रिय महिला आयोगको टोलीले सोमबार भेट गरेको छ। आफ्नै देवरले पेट्रोल छर्केर आगो लगाउँदा सप्तरीको बोदेबरसाइन नगरपालिका- १ धनगढीकी राजकुमारी साहको मृत्यु भएको थियो। आयोगकी अध्यक्ष कमला पराजुलीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग घटनाबारे जानकारी लिएको हो।

उनीहरुले मृतक राजकुमारीका पति रविनकुमार साहसँग घटनाको विषयमा जानकारी लिएका छन्। पीडित परिवारसँगको भेटपछि आयोगकी अध्यक्ष पराजुलीले दोषीलाई कानुनबमोजिम कारबाहीका लागि आयोगले पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

गएको शुक्रबार बोदेबरसाइन नगरपालिका– १ धनगढीका २० वर्षीय परमेश्वर साहले आफ्नी २७ वर्षीया भाउजु राजकुमारीको हत्या गरेका थिए। घरमा खाना बनाउँदै गर्दा उनले भाउजुलाई पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारको क्रममा गएको आइतबार राजकुमारीको मृत्यु भएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×