मोरिससविरुद्धको खेलमा १५ कार्डको प्रयोग

काठमाडौँ- नेपालले मंगलबार मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेलेको छ। दशरथ रंगशालामा भएको खेलमा १५ वटा कार्ड प्रयोग भएका छन्।

म्याच रेफ्री रहेका नविन्द्र महर्जनले खेलाडी र अफिसियल गरि १५ वटा कार्ड देखाएका हुन्। उनले ३ जना खेलाडीलाई रातो कार्ड देखाउँदा नेपालका गोल किपर प्रशिक्षक विकास मल्ललाई पनि रातो कार्ड देखाए। पहिलो हाफमा भन्दा दोस्रो हाफमा कार्डको बर्षा नै भएको थियो। २४ औं मिनेटमा फर्नान्डो ज्याकसनले पहिलो पहेँलो कार्ड पाएका थिए भने ३९ औं मिनेटमा जोनाथन स्पेभिलले पहेँलो कार्ड पाए। पहिलो हाफमा भन्दा मोरिससले दोस्रो हाफमा रफ गेम खेलेको थियो। फिजिक्कली स्ट्रोङ देखिएको मोरिससले नेपाललाई डोमिनेट गर्न खोजेको थियो।

६१ औं मिनेटमा रेफ्री महर्जनले ४ जना खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए। त्यतिबेला नेपालका सुमन अर्यालले पहेँलो कार्ड पाउँदा मोरिससका ३ जना खेलाडी रहेका थिए। त्यतिबेला पहेँलो कार्ड पाउने खेलाडीमा भासिथ कलकता, इमानुयल फुलचन्द र एन्डे सोपी रहेका थिए।

८४ औं मिनेटमा फुलचन्दले फेरि फल खेलेपछि रातो कार्ड पाउँदै मैदान छाड्न पुगेका थिए। त्यसअघि ७९ औं मिनेटमा एन्डी बोटलार रातो कार्ड पाउँदै मैदान छाडिसकेका थिए।

उता नेपालका पुजन उपरकोटीले ६४ औं र ८० औं मिनेटमा कार्ड पाएपछि मैदान छाड्न पुगेका थिए भने सोही लफडाका कारण मैदान प्रवेश गरेका नेपाली टिमका गोलकिपर प्रशिक्षक विकास मल्ल पनि रातो कार्ड पाउँदै प्लयेर बक्स छाड्न पुगे।

दोस्रो हाफमा अतिरिक्त ८ मिनेट थप गरिए पनि खराब प्रकाशका कारण खेल केहीबेर रोकिएको थियो। जसमा १०२ औं मिनेटमा नेपालका सन्तोष तामाङ रिप्लेस भएर गएको अर्को मिनेटमा पहेँलो कार्ड पाएका थिए।  अन्ततः नेपाल यो खेलमा १–० गोल अन्तरले विजयी भयो । जसमा  सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×