चलचित्र ‘बाबरी’को ‘बाबरी रंग’बोलको गीत सार्वजनिक

काठमाडौँ - अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ। मंगलवार काठमाडौंमा एक कार्यक्रमकाबीच सुरेन्द्र पौडेल निर्देशित चलचित्रको ‘बाबरी रंग’बोलको गीत सार्वजनिक गरिएको हो।

गीतसँगै चलचित्रको पोष्टरसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेता धीरज र अभिनेत्री अदिती प्रेमिल मुद्रामा देखिएका छन्।

यो गीतमा अस्मिता अधिकारी र अनमोल गुरुङले स्वर रहेको छ। अनमोल गुरुङको शब्द एवं संगीत रहेको गीतलाई सञ्जीव बराइलीले एरेन्ज गरेका हुन्।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘बाबरी’ भदौ ३१ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुँदैछ। पुष्पलता बुढाथोकी र गणेश बुढाथोकी निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×