‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री निरौला, निर्माणमा दीपक र रोहितको सहकार्य

काठमाडौँ - ‘छ माया छपक्कै’पछि अर्को एक नयाँ फिल्म निर्माणमा रोहित अधिकारी र छक्कापञ्जा टीमबीच सहकार्य हुने भएको छ। फिल्म ‘छोडपत्र’ निर्माणमा यस्तो टिमअप हुन लागेको हो।

दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्मलाई रोहितले निर्माण गर्ने भएका छन्। मुख्य भूमिकामा दीपकराज गिरी, केदारप्रसाद घिमिरेसहित ‘छक्कापञ्जा’का कलाकार हुने जनाइएको छ।

चलचित्र विकास बोर्डमा उक्त विवरणसहित ‘छोडपत्र’ शीर्षक दर्ता भएको छ। आफूहरु दशैंपछि छायांकन सुरु गर्ने तयारीमा रहेको निर्माता अधिकारीले बताएका छन्। यतिबेला दीपक-दीपाको समूहले अर्को नयाँ फिल्म निर्माणको तयारीमा गरेको छ। हेमराज बीसीले निर्देशन गर्ने यो फिल्मको शीर्षक कुन रहन्छ भन्ने निधो छैन।

दीपाश्री ‘छोडपत्र’मा व्यस्त हुनुपर्ने भएपछि बीसीले दीपक-दीपा फिल्मको निर्देशकीय भूमिका सम्हाल्दैछन्। सामाजिक र कमेडी ड्रामा फिल्मको छायांकन असारमा गर्ने भनिए पनि वर्षाका कारण धकेलिएको हो।

‘असारमा सुरु गर्ने तयारी थियो। आउटडोर सुट हुने योजना छ, तर पानीको कारण हामीले त्यसलाई सार्नुपर्ने भयो,’ रोहितले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×