बबी देओल अभिनित आश्रमको चौथो सिजन पनि आउने

काठमाडौँ - बलिउड अभिनेता बबी देओलको अभिनीत आश्रमको तेस्रो सिजन सार्वजनिक भएसँगै पुनः चर्चा बढ्दो छ। सन् १९७७ मा फिल्म ‘धरम वीर’ बाट बाल कलाकारका रुपमा पाइला चालेका बबी केही  समय फिल्मी दुनियाँबाट हराएका थिए। सलमान खानसँग रेसको तेस्रो सिरिजमा देखिएपछि चर्चा बटुलेका बबीले सानो पर्दामा आश्रम मार्फत डेब्यु गरेका थिए। 

सन् २०२० मा रिलिज वेब सिरिज ‘आश्रम’ ले बबीको करियरलाई पुनः ब्युँताइदियो। यो सिरिजमा उनी प्रमुख भूमिकामा देखिँदै आइरहेका छन्। एमएक्स प्लेयरमा रिलिज भएको यो सिरिजले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। यसको पहिलो झैँ दोस्रो संस्करण पनि चर्चामा रह्यो र अहिले तेस्रो संस्करण पनि आएको छ।

आश्रमको आडमा राजनीतिमा गरिने विभिन्न गतिविधि र अपराधलाई देखाइएको सिरिजलाई प्रकाश झाले निर्देशन गरिरहेका छन्। 

तेस्रो सिजन रिलिज भएको साता नपुग्दै यसको चौथो सिरिजको घोषणा भइसकेको छ। जहाँ बबी उहीँ बाबा निरालाको अन्दाजमा प्रस्तुत हुने भएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×