भारत। बलिउड अभिनेत्री आलिया भट्ट अहिले आफ्नो आउँदो चलचित्र 'आरआरआर'का कारण चर्चामा छिन्। आलिया भट्ट आफ्नो अभिनय र आफ्नो सुन्दरताका कारण चर्चामा रहने गरेकी छिन्। उनले छोटो समयमै उल्लेखनीय प्रशंसकहरु कमाएकी छिन्। पछिल्लो समय उनी आफ्नो प्रेमसमबन्धका कारण पनि चर्चामा रहने गरेकी छिन्। उनी आफ्नो मनको कुरा राख्न हिचकिचाउदिनन्, न त लजाउछिन्।
बलिउड कलाकार हुन् या आम मानिस उनीहरु आफ्नो यौन जीवनसमबन्धि कुरा गर्न रुचाउदैनन्। तर, उनीहरुभन्दा भिन्न आलिया भट्टले आफ्नो व्यक्तिगत जीवनसम्बन्धि धेरै कुरा खुलेर बताउने गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन मात्र नभएर आफ्नो 'बेडरूम सीक्रेट्स' पनि बताएकी छिन्।
आलियाले एक अन्तरवार्तामा आफ्नो 'बेडरूम सीक्रेट्स' खोलेकी थिइन्। यो अन्तरवार्ता उनले एक फेसन पत्रिकालाई दिएकी थिइन्, जसको कभरमा उनलाई देखिएको थियो। जब आलियालाई 'तपाईको मनपर्ने यौन आसन कुन हो?' भनेर सोधियो उनले उत्तरमा 'द क्लासिक मिसनरी' बताइन्। उनले आफुलाई आफ्नो प्रेमीको फोनको पासवर्ड पनि थाह भएको बताइन्। उनले अन्तर्वार्तामा पुरुषप्रतिको आफ्नो धारणा पनि बताइन्। उनले भनिन् 'यदि पृथ्वीमा एक ५० वर्षीय पुरुष र एक १८ वर्षीय किशोर मात्र जिवित छन् भने म ५० वर्षीय पुरुषलाई रोज्छु किनकी म १८ वर्षीय किशोरसँग बस्न सक्दिन।'