काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा साउथ ह्याम्पटनमाथि ४-० गोलको सहज जित दर्ता गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
सिटीले ९ खेलबाट २३ अंक जोड्दा आर्सनलले ८ खेलबाट २१ अंक जोडेको छ। सिटीको जितमा क्यान्सेलो, फोडेन, महारेज र हालान्डले १/१ गोल गरेका थिए। घरेलु मैदानमा सिटीले २० औं मिनेटमा अग्रता लिएको थियो।
जाओ क्यान्सेलोले फिल फोडेनको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ३२ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा फोडेनले गोल गर्दा सिटीले पहिलो हाफमा २-० को अग्रता लियो।
रियाद मेहरेजले ४९ औं मिनेटमा सिटीका लागि तेस्रो गोल गरेका थिए भने एर्लिङ हालान्डले ६५ औं मिनेटमा गोल गरेपछि सिटी ४-० को फराकिलो अन्तरले विजयी भएको हो।