विवादित बयानमा महेश बाबुको स्पष्टीकरण– म सबै भाषाको इज्जत गर्छु

काठमाडौँ - हाल भारतीय फिल्म उद्योगमा चर्चाको विषय बनेका छन् अभिनेता महेश बाबु। हालसालै आफ्नो फिल्म ‘मेजर’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले दिएको बयानका कारण उनी चर्चामा छन्। उनले आफूलाई बलिउडले धान्न नसक्ने भन्दै हिन्दी फिल्म खेलेर समय बर्बाद गर्न नचाएको बयान दिएका थिए।

उनको यो अभिव्यक्तिलाई उनका समर्थनले साथ दिएका थिए । तर, अन्यले भने उनी घमण्डी भएर निश्चित भाषा र फिल्म उद्योगलाई होच्याउने काम गरेको तर्क अघि सारेका थिए। 

 उनले आफूले सबै भाषाका फिल्महरुलाई सम्मान गर्ने भएकाले भाषा केन्द्रित भएर यस्तो अभिव्यक्ति नदिएको बताएका छन्। आफ्नो बयानबारे स्पष्टीकरण दिँदै महेश बाबुले भनेका छन्, ‘म जहाँ (साउथ फिल्म उद्योग)मा काम गरिरहेको छु, त्यहाँ मलाई काम गर्नमा सहज छ। मलाई मेरो सपना पूरा भएकोमा खुशी लागिरहेको छ किनकी तेलगु फिल्म उचाई छोइरहेको छ। मैले कुनै भाषालाई होच्याएर त्यसो भनेको होइन।’

उनले आफूलाई दक्षिण भारतीय फिल्म उद्योगमा दिइएको सम्मान उच्च भएकाले यो छाडेर अरु कुनै उद्योगमा नजाने भएकाले यस्तो भनेको बताएका छन्। उनले भनेका छन्, ‘मलाई दक्षिण भारतीय फिल्म उद्योगमा जुन मान सम्मान र स्टारडम दिइएको छ, यो निकै ठूलो छ। त्यसैले म यो उद्योग छाडेर अर्को उद्योग जान चाहन्नँ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×