अस्कर विजेता अमेरिकी कलाकार विलियम हर्टको निधन

एजेन्सी। अस्कर विजेता अमेरिकी कलाकार विलियम हर्टको ७१ वर्षको उमेरमा निधन भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको निधन आइतबार भएको हो।  ‘किस अफ द स्पाइडर वुमन’ चलचित्रमा ब्राजिलको जेलमा रहेको कैदीको भूमिका निभाएका उनले सन् १९८६ मा सोहि चलचित्रका लागि सर्वोत्कृष्ट अभिनेताको अस्कर अवार्ड पाएका थिए।

अस्कर हात परेपछिका दुई वर्ष पनि उनी अस्कर मनोनयनमा परेका थिए। उनी ‘चिल्ड्रेन अफ अ लेसर गड’ तथा ‘ब्रोडकास्ट न्यूज’का लागि मनोनयनमा परेका थिए। हलिउड वेबसाइट डेडलाइनका अनुसार उनका छोरा विलले आइतबार वक्तव्य जारी गर्दै ७२ औँ जन्मोत्सवको एक हप्ताअघि विलियम हर्टको निधन भएको बताएका हुन्। हर्टको निधन प्राकृतिक कारणले भएको समेत उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×