३ वर्ष डिप्रेसनको पञ्जामा थिए बबी देओल

भारत। बलिउड अभिनेता सुशांत सिंह राजपूतको निधनपछी बलिउडमा नातावादको मुद्दा धेरै चर्किइरहेको छ। अभिनेता बबी देओलले पनि बलिउडमा नातावाद रहेको कुरा स्वीकार गरेका छन्। बबी हालै चलचित्र 'लभ होस्टेल'मा देखिएका छन्। प्रशंसकहरुले उनको अभिनयको निकै प्रशंसा गरेका छन्। उनले आफ्नो करियरमा धेरै असफलताको सामना गरेका छन्। बबीले आफु डिप्रेसनको शिकार भएको समयका बारेमा पनि बताएका छन्। उनले बताए कि उनी करिब ३ वर्षसम्म डिप्रेसनमा रहेका थिए।

बबीले भने "म भाग्यमानी छु की आफ्नो बाआमाको घरमा जन्मिएँ। जब मैले आफ्नो काम सुरु गरेको थिएँ, मलाई मान्छेहरुले चाहन्थे, उनीहरु मलाई पर्दामा देख्न चाहन्थे। जसपछी मैले धेरै सफल चलचित्रहरू दिएँ।  तर, पछी मेरो गलत चुनावका कारण मैले काम पाउन छोडें। नेपोटिज्मको नजरले हेर्ने हो भने मेरो बुवा एक लोकप्रिय कलाकार हुन्। उनको नामले मैले सधैँ काम पाउनु पर्ने हो, तर त्यसो भएन।"

बबीले अगाडी भने कि उनी ३ वर्षसम्म डिप्रेसनको पञ्जामा थिए। सो समयमा मैले आफुलाई जाने र स्वयम् यसबाट बाहिर निस्किएँ। मेरो त्यो हालत देखेर मेरो परिवार धेरै चिन्तामा डुबिरहेको थियो। त्यसैले मैले आफुलाई त्यसबाट बाहिर निस्किन् तयार गरेँ। प्रशंसकहरूले अझै पनि आफुलाई पर्दामा देख्न चाहेको पनि उनले बताए।

जी५मा आएको 'लभ होस्टेल'मा बबी नकारात्मक भूमिकामा देखिएका छन्। कामको कुरा गर्ने हो भने बबीको हातमा अहिले धेरै प्रोजेक्ट छन् उनी 'अपने २' नेटफ्लिक्सको 'पेन्टहाउस' आदि चलचित्रमा देखिदैछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×